प्रधानमन्त्री ओली सभालाई सम्बोधन गर्न धनगढीमा

धनगढी, २४ पुष । प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढीमा पुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढीमा जनसभालाई सम्बोधन गर्न पुगेका हुन्

ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दैछन् । उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारमा ओली पक्षको सहभागीता भने शून्य रहेको छ । हाल सुदूरपश्चिम प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ ।

संसद विघटनपछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली आज पहिलो पटक धनगढी आउनुले पनि यसलाई पुष्टि गर्छ । आफू अल्पमतमा परेको महसुस गरेको ओली पक्षले सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखेको बुझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति