भीम रावललाई नेकपा ओली समूहको कारबाही

काठमाडौँ, २३ पुस । नेकपा ओली समूहले सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई कारबाही गरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीको खाताबाट पैसा निकालेकोले रावललाई कारवाही सिफारिस गरिएको हो ।

‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावललाई कारबाही गर्न सिफारिशसमेत गरेको बताइएको छ,’ थापाले फेसबुकमा लेखेका छन्।

त्यस्तै प्रदेश कमिटी विस्तार भएको छ। प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको हो ।

सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ। प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन्। थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति