२४ घण्टामा ४०९ जना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, २२ पुष । नेपालमा बितेको २४ घण्टामा ४ सय ९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ९५ जना निको भई घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

२४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

२४ घण्टामा थप ६ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९९ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

उपत्यकामा थप २३३ जना संक्रमित
काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ७२ महिला र १६१ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति