बायोएनटेकद्वारा दोस्रो मात्रा खोपका लागि ढिलाइ नगर्न चेतावनी

काठमाडौं, २१ पौष । जर्मन कम्पनी बायोएनटेकले कोभिड–१९ विरुद्धको दोस्रो मात्रालाई तीन हप्ताभन्दा बढी ढिलो गरी लगाउन नहुने भन्दै तालिका अनुसार खोप दिन खोप प्रयोगकर्ता देशहरूलाई मङ्गलबार आग्रह गरेको छ ।

कोभिड–१९ खोपको दोस्रो मात्रालाई तीन हप्ताभन्दा ढिलो गर्न ‘सुरक्षा र प्रभावकारिता’ लाई समर्थन गर्ने कुनै तथ्याङ्क नरहेको कम्पनीले जनाएको छ । केही देशहरूले उक्त खोप पहिलो चरणमा धेरै व्यक्तिलाई दिन र दोस्रो चरणलाई केही ढिला गर्न थालेको समाचारपछि कम्पनीले खोपको प्रभावकारितालाई हेरेर तोकिएको समयमा नै दुबै मात्रा दिन आग्रह गरेको हो ।

वायोएनटेकले अमेरिकी औषधि कम्पनी फाइजरसँगको सहकार्यमा विकास गरेको र यदि यसलाई २१ दिनको फरकमा दुई मात्रा दिएमा कोभिड–१९ विरुद्धको अभियान ९५ प्रतिशत प्रभावकारी हुने क्लिनिकल अनुसन्धानले पुष्टि गरेको जनाएको छ ।

कम्पनीले भनेको छ, “खोपको सुरक्षा र प्रभावकारितालाई खोपको फरक मात्रा तालिकासँग अनुसन्धान भएको छैन ।” “खोज ताथ अनुसन्धानले वायोएनटेक र फाइजरको सहकार्यमा बनेको यो खोपको पहिलो मात्राले खोप लगाएको १२ दिनपछि आंशिक सुरक्षा पाइन्छ तर २१ दिन पछि पहिलो मात्राले सुरक्षाको प्रत्याभूत गर्ने कुनै आधार छैन ।”

भ्याक्सिनको सीमित आपूर्तिको सामना गर्दै डेनमार्कले सोमबार भनको छ कि उसले खोपलाई कम्तीमा छ हप्ताको फरक पारेर लगाउने सोमबार बताएको छ । त्यसैगरी बेलायतले पहिलो मात्रा दिइएको १२ हप्तासम्म कुर्नेछ । जर्मनीले पनि दोस्रो मात्रा दिने समयलाई २१ दिनको सट्टा केही दिन पछाडि धकेल्दै छ । उनीहरूले यो अभ्यासले पहिलो खोप लिनका लागि धेरै व्यक्तिलाई अवसर मिल्ने बताएका छन् ।

“वैकल्पिक खोप मात्रा दिने निर्णय स्वास्थ्य अधिकारीलाई रहेको छ । खोपको दोस्रो मात्रा दिइँदा मात्र कुनै पनि व्यक्तिलाई रोगसँग प्रतिरोध गर्ने अत्यधिक सम्भावना रहन्छ,” वायोएनटेकले भनेको छ । जर्मनीको मेन्ज सहरस्थित खोप निर्माता वायोएनटेक कम्पनीले कुनै पनि फरक निर्णय लिनका लागि नियामक संस्था, स्वास्थ्य अधिकारी र सरकारहरूसँग वार्ता जारी राख्न प्रतिवद्ध रहेको उल्लेख गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति