काठमाडौँ, २१ पुष । नेपालमा बितेको २४ घण्टामा देशभर ५२२ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।
यस्तै २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५७ हजार ४ सय ५४ पीसीआर परीक्षण भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ५७८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।
२४ घण्टामा ८ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उपत्यकामा थप २ सय ३२ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप २ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा संक्रमित हुनेमा ९३ जना महिला र अन्य पुरुष रहेका छन् ।
प्रतिक्रिया