प्रदेशसभा पनि विघटन हुने सम्भावना छः मन्त्री तुम्बाहाम्फे

काठमाडौं, २० पुष । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताईन् । प्रेस संगठन मोरङले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री तुम्बाहाम्फेले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुनसक्ने बताईन् ।

यद्यपि त्यो अधिकार प्रदेशसभामै रहेको उनको भनाइ छ । दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामा जान निर्वाचन घोषणा गर्नुभएको भन्दै मन्त्री तुम्बाहाम्फेले संसद् विघटनको विषयमा स्पष्ट रूपमा संविधानको धारामा नलेखिएको स्वीकार गरिन् । उनले निर्धारित समयमै आमनिर्वाचन हुने दाबी गरे । पार्टी एकता र विभाजन आन्तरिक विषय भएकाले कुनै पनि विदेशी शक्तिले हस्तक्षेप गर्न नमिल्ने तुम्बाहाम्फेको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति