अझै पनि दलितमाथि विभेद कायमै

अमरगढी,२० पुस । डडेल्धुरामा अझै पनि दलितमाथि विभेद कायमै रहेको छ । जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका– ३ स्थित घटालथान रहेको मसानघाटमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै ठाउँ बनाइएको शिक्षक भक्तबहादुर विकले बताए ।

वडा नं ७ र ८ स्थित शैलेश्वर महादेव मन्दिर नजिकै रहेको सल्लगडा मसानघाटमा पनि पहिल्यैदेखि फरकफरक ठाउँमा बनाइएको घाट अहिले पनि कायमै रहेको स्थानीयवासी इन्दिरा ताम्राकारले बताए । बाहुन, क्षेत्रीलगायत जातका मानिसका लागि फरक ठाउँमा छ भने दमाई, कामी र सार्की समुदायमा पर्ने दलितका लागि दाहासंस्कार गर्न फरकफरक मसानघाट बनाइको उनले बताए ।

जिल्लामा दलित समुदायको क्षेत्रमा राज्य र गैरराज्य पक्षबाट वर्षेनी करोडौँरकम विभिन्न सङ्घसंस्थामार्फत लगानी गरिए पनि खासै परिवर्तन हुन नसकेको उनको भनाइ छ । जातका आधारमा मृत्युपछि पनि गरिँदै आएको सामाजिक विभेद अन्त्य नहुनु दुखद भएको दलित अगुवा लक्ष्मी कामीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति