पेस्तोलका ५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं, २० पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ परेका छन् । एसएसपी राजेशनाथ बास्तोलाका अनुसार झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन् ।

राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लाग्दा पक्राउ परेको प्रहरीले जनाएको छ । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको प्रहरीको भनाई छ । यस घट्नाबारे अन्य जानकारी भने आउन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति