वामदेवले गरे प्रचण्डसँग भेटवार्ता

काठमाडौं, १७ पुष । वामदेव गौतमले शुक्रबार प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

नेकपा विभाजन भएपछि कुनै पक्षमा खुलेर नलागेका अहिलेसम्म तटस्थ रहँदै आएका गौतम प्रचण्डलाई भेट्न बिहान १० बजेतिर उनको निवास खुमलटार पुगेका छन् ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन्। राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड-नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताएका छन्।

नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा लागेका छन् भने पूर्वमाओवादीका रामबहादुर थापा ओली समूहमा लागेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति