काठमाडौं, १५ पौष । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् ।
बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओली समूहले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको आरोप समेत लगाए ।
आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताए ।षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उनलाई धुँदाधुदा , साबुन लायो, पखाल्यो जस्तोको तस्तै । प्रधानमन्त्री ओलीले भने अन्तिममा देखिहालियो के हुँदोरहेछ ।’
प्रतिक्रिया