काठमाडौं, १५ पुष । नेपाल कम्युनिस्ट पार्टीको नेकपा प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन भएकी छिन् ।
मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेतामा काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले चयन गरेको हो ।
वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै यसअघि यो समूहले मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो । बैठकले आफ्नै दलमा बहुमत जुटाउन प्रयास गर्ने र नेपाली कांग्रेसहितका दलहरुसँग पनि सत्ता समीकरणका लागि छलफल गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया