नेपाली जनता अब दास बन्ने छैनन्, ओली प्रवृत्तिको आयु सकियोः माधव नेपाल

काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधव कुमार नेपालले नेपाली जनता अब दास बन्न तयार नरहेको बताए । राजधानीमा संसद विघटनविरुद्ध काठमाडौंमा भएको विशाल प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले भने ‘नेपाली जनता दास बन्न तयार छैनन् । उनीहरु अव देशलाई सहि लिगमा लिएर जान र समाजवादको दिशामा जाने पक्षमा रहेका छन् । त्यो काम गर्ने शक्ति भनेको हाम्रो पार्टी नेकपानै हो,’ ।

उनले राजा ज्ञानेन्द्र प्रवृतिसँग तुलना गर्दै नेता नेपालले ओलीलाई अझै सद्बुद्धि आवस् भन्ने कामना गरेको बताए । नेता नेपालले निरंकुश बाटो समातेका केपी ओली र उनको प्रवृत्तिको आयु सकिएकोसमेत बताएका छन् । केपी ओली र ओली प्रवृत्तिको आयु सकिएको बताएका हुन् ।

‘निरंकुशताको बाटो समातेका केपी ओली र ओली प्रवृत्तिको आयु सकियो । नेपाली जनता दृढताका विरुद्ध उभिएका छन्’, नेता नेपालले सम्बोधनका क्रममा ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको बताए । ‘जुनसुकै कोणबाट हेर्दा पनि त्यो कदम अनुपयुक्त छ । स्वीकार्य छैन । असंवैधनिक कदमलाई अस्वीकार गर्न आन्दोलनको उद्घोष गरेका हौँ,’ नेता नेपालको भनाइ थियो ।

गणतन्त्रको आन्दोलन चलेका बेला खिसिट्युरी गरेर बलयगाढा चढेर गणतन्त्र आउदैन भनेर ओलीले भनेको स्मरण गर्दै नेता नेपालले ओलीले चालेको असंवैधानिक कदमपछि पार्टी अध्यक्षबाट हटाएको बताए । ‘अझै उहाँ सुध्रनुहुन्छ कि भनेर पार्टी सदस्यबाट हटाएका छैनौँ,’ नेपालको भनाइ छ । अझै पनि ओलीले पश्चाताप र गल्ती स्वीकार गरेमा सबै कुरा बिर्सन तयार रहेको नेता नेपालले जनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति