देशभर ६५९ जनामा कोरोना पुष्टि, थप ७ जनाको मृत्यु

काठमाडौं, १३ पौष । पछिल्लो २४ घण्टामा देशभर ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ७८ जनाको नमुना परीक्षण गर्दा ४ सय ७ जना पुरुष र २ सय ५२ जना महिलामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ सय १८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय २७ रहेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ३२ पुगेको छ । आज थपिएका संक्रमितमध्ये २ सय ७८ जना काठमाडौं उपत्यकाका हुन् । जसमध्ये काठमाडौं जिल्लामा २ सय ७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका छन् । यसैगरी कैलालीमा ६०, कास्कीमा ३३, कञ्चनपुरमा ३१, मोरङमा २८, काभ्रे र रुपन्देहीमा २२–२२, झापामा २० र चितवनमा १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति