कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर-१२ को जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्या योजनाका मुख्य आरोपी पक्राउ परेका छन्।
गएराति साढे १० बजे ३४ वर्षीय शुकबहादुर भनिने अमर रानालाई प्रहरीले पक्राउ गरेको हो। उनी घटनापछि भारततर्फ फरार भएका थिए।
मुख्य योजनाकार भनिएका राना यसअघि पनि अवैध ढङ्गबाट सामान तस्करीमा संलग्न रहेको प्रहरीको दाबी छ । उनी नेपालबाट भारत र भारतबाट नेपालमा आउने सामान तस्करी गर्ने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रमुख प्रहरी उपरीक्षक जबराले बताए ।
प्रतिक्रिया