प्रतिनिधि सभा विघटनविरूद्ध सिठी फुकेर अनेरास्ववियूको विरोध

काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा काठमाडौंमा अनेरास्ववियूले सिठी फुकेर विरोध गरेका छन्।

नेकपाका प्रचण्ड–नेपाल समूहका अनेरास्ववियू पूर्वाञ्चल विश्वविद्यालय उपत्यका कमिटीले सिठी फुकेर प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका हुन्।

उनीहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्म सडकमा सिठी फुकेर विरोध गरेका हुन्। गत आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए।उक्त कदमको दलहरूले विरोध गरिराखेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति