गुप्तचरको उच्च निगरानीमा तीन पुर्व प्रधानमन्त्री, ओलीको गतिविधि गोप्य राख्न निर्देशन


काठमाडौं, १२ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालविरुद्ध गुप्तचर भनेर चिनिने राष्ट्रिय अनुसन्धान विभागले उच्च निगरानी सुरु गरेको छ ।

स्रोतका अनुसार नेकपा विभाजनपछि प्रधानमन्त्रीकै निर्देशनमा गुप्चरले उनीहरुका गतिविधिविरुद्ध निगरानी सुरु गरेको हो । प्रधानमन्‍त्री कार्यालयकै महाततमा रहेको राष्ट्रिय अनुसन्धान विभाग सूचना संकलन गर्न सक्रियता बढाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्नुअघि नै आफूविरुद्ध बोल्ने सबै नेताहरुका क्रियाकलाप, उनीहरुले गर्ने भेटघाटलगायत गतिविधिविरुद्ध उच्च निगरानी राख्‍न निर्देशन दिएको हो ।

पुर्व प्रधानमन्त्रीसमेत रहेका तीनैजना प्रचण्ड, नेपाल र खनालबारे राष्ट्रिय अनुसन्धान विभागले सोझै प्रधानमन्‍त्रीलाई रिपोर्टिङ गर्ने गरेको छ । सादा पोसाकमा परिचालित हुने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले तीनजना नेताहरुको निवास वरपर खटिएका हुन् ।

यस्तै प्रधानमन्‍त्रीको ओलीका गतिविधि नचुहाउनसमेत अन्य सुरक्षा निकायलाई निर्देशन दिइएको जनाईएको छ । प्रधानमन्त्रीका धेरैजसो भेटघाट पछिल्लो समय गोप्य राखिने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति