प्रचण्ड–नेपाल पक्षको बैठक पेरिसडाँडामा

काठमाडौं ११ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका शीर्ष नेताको बैठक कोटेश्वरको पेरिसडाँडामा जारी छ ।

आज दिउंसो सुरु भएको बैठक पार्टीको आगामी रणनीति तय गर्नमा केन्द्रित रहेको बताइएको छ । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी रहेका छन् ।

बैठकले संगठन, जिम्मेवारी बांडफांट, आन्दोलनका आगामी कार्यक्रम लगायतका विषयमा टुंगो लगाउने बताइएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै सत्तारुढ नेकपा विभाजन भएको छ । विभाजनपछि नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सडक आन्दोलनमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति