काठमाडौं ११ पौष । बेलायतपछि फ्रान्समा पनि कोरोना भाइरसको नयां प्रकार देखिएको छ ।
फ्रान्समा पहिलो पटक एक व्यक्तिमा उक्त भाइरस देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बेलायतमा उक्त नया“ स्वरूपको भाइरस तीव्र रूपमा फैलिएको केही सातापछि नै फ्रान्समा पनि देखिएको अधिकारीहरूले जनाएका छन् । केही दिनअघि बेलायतबाटै फ्रान्स फर्किएका एक व्यक्तिमा उक्त भाइरस फेला परेको बताइएको छ ।
यही १९ डिसेम्बरमा लण्डनबाट फर्किएका ती व्यक्ति टुअर्स सहरमा बस्ने गरेको र हाल उनी आइसोलेसनमा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि कोरोनाको यो स्वरूप दक्षिण अफ्रिकामा पनि देखिएको थियो । नया भाइरसबारे अध्ययन जारी छ, तर अहिलेसम्म प्राप्त तथ्यले यो यसअघिका कोरोनाभन्दा कैयौं गुना छिटो फैलिने बताइएको छ । तर यो कत्तिको घातक छ भन्ने कुरा चाहि यकिन हुन सकेको छैन । नयां भाइरस फेला परेपछि युरोपेली र अन्य मुलुकले बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन् ।
प्रतिक्रिया