बेलायतबाट अमेरिका प्रवेश गर्नेलाई कोरोना नेगेटिभ अनिवार्य

वासिङ्टन, १० पुस । अमेरिकी अधिकारीहरुले बेलायतबाट हवाई उडानबाट अमेरिका प्रवेश गर्ने यात्रुहरुले कोरोनाभाइरस परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने घोषणा गरेका छन् ।

बेलायतमा कोभिड–१९ को नयाँ संस्करण देखिएको भन्दै अमेरिका यात्रामा कडाई गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । कोभिड–१९ को नयाँ संस्करण निकै संक्रामक रहेको वैज्ञानिकहरुको भनाई छ ।

नयाँ नियम सोमबारदेखि लागू हुनेछ । बेलायत प्रस्थान गर्नु ७२ घण्टाअघि हरेक यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्ने छ । नयाँ खतरनाक भाइरस देखिएको भन्दै बेलायतबाट न्यूयोर्कका लागि हुने सबै उडानका यात्रुलाई ब्रिटिस एयरवेज र डेल्टा समेतका कतिपय एयरलाइन्सले कोरोना परीक्षण अनिवार्य गरिसकेका छन् ।

बायोएनटेकले कोरोनाको नयाँ संस्करणलाई पनि आफूहरुले विकास गरेको खोपले काम गर्ने सम्भावना रहेको बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति