पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

काठमाडौं , १० पुाष । माइतीघर मण्डलाबाट र्‍यालीसहित निर्वाचन आयोग पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रमुख निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

संविधान र कानूनका आधारमा आधिकारिक नेकपा आफूहरु भएको प्रचण्डको दाबी छ । पार्टी दर्ता गर्दाको विधान, केन्द्रीय कमिटी संख्या र ती सदस्यहरुको विवरण आयोगमा भएको र त्यसैका आधारमा नेकपा र निर्वाचन चिह्न सूर्य आफूहरुको भएको प्रचण्डको भनाई छ ।

प्रचण्डले नेकपा विभाजन अगाडिका एक सय जनाले ११ सय बढी सदस्य संख्या पुर्‍याउँदैमा वैधानिकता नपाउने बताए । ‘दुई तिहाइ बढीको बैठक बसेर गरिएको माइन्युट बुझाएका छौं । त्यसो हुँदा वैधानिकता विवाद छिटो टुंग्याइयोस्’, प्रचण्डले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति