प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, १० पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

यसबीचमा सात जना मन्त्रीले प्रतिनिधि सभा विघटनको विरोधमा राजीनामा दिएका छन्। यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।

यसैबीच प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने बताइएको छ । स्रोतका अनुसार सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले आफूसँग आएका केही नेतालाई मन्त्री बनाउन लागेको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति