भारतीय अखबारले पनि भन्यो- ओलीको कदम असंवैधानिक

काठमाडौं, ७ पुष । भारतका प्रमुख अंग्रेजी पत्रिकाहरुले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा मंगलर बिशेष सम्पादकीय प्रकाशित गरेको छ । प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष केपी शर्मा ओलीले आईतबार संसद भंग गरेर निर्वाचनमा जाने निर्णयले नेपाललाई राजनीतिक अनिश्चयमा लैजाने निष्कर्ष भारतका प्रमुख अंग्रेजी पत्रिकाहरुले सम्पादकीयमा लेखेको छ ।

अधिकांश पत्रिकाले चीनको आशा विपरीत कम्युनिष्ट पार्टी फुट्न लागेको तर यो प्रजातन्त्रको लागि राम्रो हुनेसमेत सम्पादकीयमा उल्लेख गरिएको छ । नेपालमा भएको राजनीतिक घटनाक्रमलाई राम्रो ढंगले बुझ्नुपर्ने तर ओलीलाई ब्याक गर्न नहुनेसमेत उल्लेख गरेको छ । ‘पार्टीभित्रका आफ्ना नेताहरुको मागप्रति झुकेर शक्ति संरचनामा उनीहरुलाई एकामोडेट गरेर जानुको साटो ओलीले संसद भंग गर्ने विकल्प रोजेका छन् ।’ दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा भनेको छ, सो कदमले नेपाललाई अनिश्चयको बाटोतर्फ लगेको सो अखबारको उल्लेख छ ।

सो सम्पादकीयमा ओलीले मधेशी लगायतका विषयलाई सम्बोधन गर्नुको साटो शक्ति केन्द्रीकरण गर्न लागेको, भारत विरोधी कदम चालेको र चीनतर्फ नजिक भएकोसमेत उल्लेख गरेको छ । अहिलेको नेपालको आन्तरिक मामिलामा भारतले गर्न सक्ने एकदमै थोरै कुरा भएको भन्दै भारतले कोर्स कसरी अगाडि बढ्छ ‘वाच’ गर्नुपर्ने उल्लेख गरेका छन् ।

अर्को अंग्रेजी दैनिक दि हिन्दुस्तान टाइम्स दैनिकले पनि ओलीले असंवैधानिक र अप्रजातान्त्रिक कदम चालेको लेखेको छ । सो कदमले ओलीको क्रिडेन्सियल खत्तम पारेको उल्लेख गरिएको छ । सो पत्रिकाले भनेको छ, ‘यसले के पाठ सिकाएको छ भने आफूलाई सर्वोच्च ठान्ने नेता जसले जातीय सर्वोच्चता र उग्र राष्ट्रवादमा विश्वास गर्छ, उनीहरु प्रयास अप्रजातान्त्रिक हुने गर्दछन् ।’

त्यसैगरी दि हिन्दुले प्रधानमन्त्रीको संसद भंगसँगै नेपालमा राजनीतिक उथलपुथल उत्पन्न भएको शीर्षकमा सम्पादकीय प्रकाशित भएको छ । नेकपामा विभाजनसँगै देशमा राजनीतिक अस्थिरता उत्पन्न हुने सो सम्पादकीयमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति