जसपाले पुस ८ गते देशैभर प्रदर्शन गर्ने

काठमाडौं, ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले देशैभर प्रदर्शन गर्ने भएको छ ।

जसपाका नेता पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईका अनुसार ओली सरकारले गरेका असंवैधानिक, अलोकतान्त्रिक, प्रगतिगमनकारी हर्कतका विरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

‘सबै जिल्ला सदरमुकामहरूमा पुस ८ गते प्रदर्शन गर्ने निर्णय भएको छ’ भट्टराईले भने, थप कार्यक्रम तय गर्न मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक पनि बोलाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति