कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं, ६ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। ‘आज सर्वदलीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। बैठकका लागि नेकपा, जसपालगायत दललाई बोलाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति