संसद विघटनः संघीय गणतन्त्रमाथि प्रधानमन्त्री ओलीले ‘कू’ गरे: प्रचण्ड

काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताएका छन्। ‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै प्रेस संयोजक विष्णु सापकोटाले भने ।

नेकपाका कार्यकारी अध्यक्ष ‘प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटी फर्किएका छन् । ओलीले भेट्न नमानेपछि प्रचण्ड खुमलटार फर्किएका हुन् । आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका छन् । अहिले प्रधानमन्त्री ओली शितल निवास पुगेका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग भेट्न नमाने उनीहरु मुमलटार फर्किएका हुन् । ओलीको यस्तो कदमपछि अहिले प्रचण्डसहितका नेताहरु छलफलमा जुटेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति