Breaking: प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिश

काठमाडौं, ५ पुष । बालुवाटारमा आज बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार बिहान प्रधानमन्त्री निवासमा आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीले जनाए अनुसार सत्तारुढ नेकपाभित्र विवाद चुलिएपछि संकटमा परेका प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने प्रस्ताव मन्त्रिपरिषदमा राखेका हुन् । पार्टीभित्रै अल्पमतमा रहेका प्रधानमन्त्रीको राजीनामाको माग चर्किरहेका बेला संसद अधिवेशन माग भएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै विघटन गर्ने कदम चालेका छन् ।

तर, संविधानविदहरुले भने वर्तमान संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको बताउँदै आएका छन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति