विश्वमा कोरोना जित्नेको संख्या ५ करोड ३७ लाख नाघ्‍यो, १६ लाख ९१ हजारको मृत्यु

काठमाडौं, ५ पुस । काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड ३७ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ३७ लाख ४७ हजार १५१ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १६ लाख ९१ हजार ७७२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ७ करोड ६६ लाख २० हजार १४५ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ३४ हजार ४०१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ८० लाख ७७ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ८९ हजार ४१५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २ हजार ५५६ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३४२ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ८३४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड ३१ हजार ६५९ पुगेको हो । प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ७२ लाख १३ हजार १५५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६६९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ३५६ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति