सभामुख अग्नि सापकोटाको मुद्दामा पेसी तोकियो

काठमाडौं, ३ पुष । सभामुख अग्नि सापकोटाको मुद्दा शुक्रबार सर्वोच्च अदालतले पेसीमा चढाएको छ । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हालेकी थिइन् ।

यो मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।त्यही मुद्दाको पेसी शुक्रबार तोकिएको हो ।

सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति