काठमाडौं, ३ पुष । आज सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार १२ सय ५५ रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ १२८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया