चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु

मार्तडी, ३ पुस । जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्र्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए । प्रारम्भिक अनुमानअनुसार आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उनको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति