बैतडीको चमेलिया नदीमा एक महिला मृत भेटियो

बैतडी, ३ पुस । चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् ।

नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । आज बिहान ८ बजेतिर स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुुगेको छ । नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति