संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं, २ पुष ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ।नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए । भेटमा परिषद‍् बैठक स्थगित गर्न सुझाएपछि बैठक स्थगित भएको वालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बेलुका ५ बजे संवैधानिक परिषद बैठक बोलाएको थिए । यसअघि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका हुन । प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति