उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताको फोन !

काठमाडौं, २ पुष । उखु किसानको भुक्तानी रकम नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताको फोन आउने गरेको पाईएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको बताएका हुन् ।

लेखराज भट्ट – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले आफुलाई फलानो उद्योगीलाई नपक्रन भनेर फोन आएको बताए ।

उनले भने, किसानको नाममा ट्विटरमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्र भन्ने यो कस्तो चरित्र ? मन्त्री भट्टले प्रश्न गरे । तर, उनले कुन उद्योगीलाई पक्राउ नगर्नू भन्दै कुन नेताले फोन गरे भन्ने चाहिँ बताएनन् ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति