प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आव्हान, के-के एजेण्डामा हुँदैछ छलफल ?

काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बिहीबार साँझ ६ बजेका लागि डाकेका छन् ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुनेछ । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए ।

मन्त्रिपरिषद् बैठकले सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार निर्णय गर्ने बताईएको छ ।

हिजो बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो । बैठठक अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता गर्ने सहमति भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति