उखु किसानको बक्यौता रकम श्रीराम सुगर मिलले भोलिदेखि खातामा पठाउने

काठमाडौं, २ पुष । उखु किसानको भुक्तानी रकम श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको ।

सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरिसकेको नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले सो जानकारी दिएका हुन् ।

अग्रवालका अनुसार किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा मिलले भोलि शुक्रबार देखि नै किसानको खातामा पठाउन थाल्ने बताए ।

उखु किसानलाई श्रीरामले ३५ करोड रूपैयाँ दिन बाँकी रहेको छ । अन्य उद्योगसँग पनि भुक्तानी दिलाउन समन्वय गरिरहेको बताईएको छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति