नेपालमा कोरोना संक्रमितको संख्या साढे २ लाख नाघ्यो, थप १४ जनाको मृत्यु

काठमाडौं, ३० मंसिर । नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या साढे २ लाख नाघेको हो ।

बितेको २४ घण्टामा ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १९९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

थप १४ जनाको मृत्यु
नेपालमा बितेको ४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ३० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति