गोरखाको ताक्लेनानमा बन्यो ‘बुद्ध पार्क’

गोरखा, ३० मङ्सिर । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित ताक्लेनानमा रु ४५ लाखमा बुद्ध दृश्यावलोकन पार्क बनेको छ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक गाउँको सिङ्गो दृश्य देखिने गरी ताक्लेनानको डाँडामा पार्क बनाइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

“पार्कभित्र करिब पाँच फिट अग्लो बुद्ध मूर्ति राखिएको छ”, उनले भने,“ बौद्ध संस्कृति झल्कने खालका सामग्री पनि पार्कभित्र राखिएको छ ।” पार्कमा ढुङ्गाको कलात्मक सजावटसाथ प्रयोग गरिएको उनले बताए ।

“बुद्धपार्कमा प्राकृतिकस्वरुप झल्किएको छ”, गाउँपालिका अध्यक्ष भट्टले भने, “बारपाक पुग्ने पर्यटकलाई अब एकैछिन भए पनि पार्कले अल्मल्याउने निश्चित छ ।” पार्क बनाउन गाउँपालिकाले ४० लाख र वडा कार्यालयले रु पाँच लाख विनियोजन गरेका थिए । “पार्क बनाउन स्थानीयवासीले श्रमदानसमेत गरेका छन्”, उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति