बाइडनको जित भएको अमेरिकी इलेक्टरल कलेजका सदस्यहरुले गरे पुष्टि

काठमाडैं, ३० मंसिर । अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन् । अमेरिकी प्रणाली अनुसार मतदाताहरूले इलेक्टरलहरूलाई मत दिन्छन् र उनीहरुले नै चुनावपछि उम्मेदवारलाई औपचारिक रूपमा मत दिन्छन् ।

यो प्रक्रिया राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम मध्येको एउटा चरण हो । इलेक्टरल कलेजका सदस्यले जीत घोषणा गर्ने प्रक्रिया पुरा भए पनि राष्ट्रपति ट्रम्पले मत परिणाम स्वीकार अझै गरेका छैनन् । नोभेम्बरमा भएको चुनावमा डेमोक्रेट बाइडनले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन डोनल्ड ट्रम्पले २६२ मत ल्याएका थिए ।

६ जनवरीमा कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा त्यसको औपचारिक रुपमा गणना गरिने छ । त्यसले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति