विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो, ५ करोड बढी निको

काठमाडैं, ३० मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ८० हजार नाघेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ४९ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड १३ लाख १० हजार नाघेको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख २७ हजार नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ४६७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख २७ हजार ३५७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

हाल विश्वमा २ करोड १ लाख ६० हजार ७७६ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ६ हजार ४९५ जना गम्भीर बिरामी छन्। सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६९ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाख ८ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति