कोरोना महामारीका बीच सरकारविरुद्ध कांग्रेसको देशभर शक्ति प्रदर्शन

काठमाडौं, २९ मंसिर । सरकारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । कांग्रेसले सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै देशव्यापी विरोध प्रदर्शन गरेको हो ।

कोरोना महामारीका बीच पनि काँग्रेसले संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं क्षेत्र नम्बरको भृकुटीमण्डपबाट जुलुस निकालियो भने क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निकालेका थियो ।

जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकामा पुगेर सभामा परिणत भएको हो ।

नेपाली काँग्रेस पर्साको अगुवाइमा सोमबार जिल्लाको सदरमुकाम वीरगन्जमा निकालिएको विरोध प्रदर्शनमा सहभागी पार्टीका नेता कार्यकर्ता । मुलुकमा बढ्दै गएको भ्रष्टाचार र अलोकतान्त्रिक गतिविधिलाई रोक्न सरकारसँग माग गर्दै काँग्रेसका नेता तथा कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका हुन् ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति