रौतहट बम प्रकरण : मुख्य योजनाकार आलमका भाइलाई जिल्ला अदालतले थुनामा पठायो

काठमाडौं, २८ मंसिर । जिल्ला अदालत रौतहटले जिउँदै इटाभट्टीमा मानिस पोलेको घटनामा भारतबाटट पक्राउ गरि नेपाल ल्याइएका नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमका भाइलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। जिल्ला अदालतका अनुसार मुख्य अभियुक्तको आरोप लागेका धरौटीमा रिहा गर्न नसकिने भन्दै अदालतले पूर्पक्षका लागि थुनामा पठाएको हो। पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइलाई आदलतको आदेशपछि आइतबारै पूर्वपक्षका लागि कारागार चलान गरिएको छ।

प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले मंसिर २४ गते पक्राउ गरेको थियो।

प्रदेश प्रहरी कार्यालयको टोलीले सोमबार बिहान बौद्धिमाई नगरपालिका वडा नम्बर ७ बडकी बंकुल एरियाबाट उनलाई पक्राउ गरेको थियो। पक्राउ परेका महताब आलमकै नेतृत्वमा राजपुरमा बम बनाउने काम भएको थियो। संविधान सभाको निर्वाचनमा धाँधली गरी बुथ कब्जा गर्न र महम्मद आफताब आलमलाई जसरी पनि चुनाव जिताउन पक्राउ परेका आलमले नेपाल तथा भारतको विभिन्न ठाउँबाट बम बनाउन सक्ने मानिसको खोजी गरी ल्याएका थिए। आफ्नै नेतृत्वमा सामानहरु जुटाई बम बनाउने काम पनि गरेका थिए।

२०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा बिस्फोट भएको थियो। पक्राउ परेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा महम्मद महताब आलमले आफ्नो दाइ मोहम्मद आफताब आलमको निर्देशनमा घटना लुकाउने उदेश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरुलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएको स्वीकार गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति