भारतमा थप ३४ हजारमा संक्रमण

काठमाडौँ, २६ मंसिर । भारतमा थप ३४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९७ लाख ९६ हजार ९९२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९२ लाख ९० हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४८७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४२ हजार २२२ पुगेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति