प्रिमियर लिगमा लिभरपुलको सहज जित

काठमाडौँ, २२ मंसिर । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भसमाथि ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो ।

लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाह, जर्जिनियो विज्नाडम र जोइस माटिपले समान एक–एक गोल गरे । लिभरपुलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

जितसँगै ११ खेलबाट २४ अंक जोडेको लिभरपुलले दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि गोलअन्तरका आधारमा लिभरपुल टोटनहमभन्दा पछि परेको हो । वुल्भस भने १७ अंकका साथ दसौँ स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति