काठमाडौं, २१ मंसिर । आज सुनको भाउमा सामान्य गिरावट आएको छ । चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको छ । आजका लागि महासंघले तेजाबी सुनको प्रतितोला भाउ ९२ हजार ४५० रुपैयाँ तोकेको छ । चाँदीको भाउ भने प्रतितोला १२१० रुपैयाँमा यथावत छ ।
प्रतिक्रिया