बुटवलमा प्रहरीकै पेस्तोल खोसेर चलाए ‘तस्कर’ले गोली, एकजना घाइते

बुटवल, २१ मंसिर । बुटवलमा गैंडाको खाग तस्करीले प्रहरीकै पेस्तोल खोसेर गोली चलाएको छ । प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएका छन्।

बुटवलको मिलनचोकस्थित कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार घाईतेको चिउँडोमा गोली लागेको हो । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेको बताईएको छ । प्रहरीका अनुसार उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति