तोडियो नेकपा अध्यक्षद्धयको २५ दिनको संवादहीनता : ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता

काठमाडौं, २० मंसिर । २५ दिन लामो संवादहीनता तोड्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच एक्लाएक्लै भेटवार्ता भएको हो । नेकपा सचिवालय बैठक बस्नुअघि भएको यो भेटलाई सकारात्मक रुपमा लिइएको छ । गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारस्थित निवासमा माधव नेपाललगायतका नेताहरुसँग छलफल गरेका थिए । अध्यक्षद्धयको भेटवार्तापछि सचिवालयको बैठक बसि रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति