नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा भएको दुव्र्यवहारबारे छलफल हुनेछ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजको पदाधिकारी बैठकमा सरकारले शक्तिको दूरूपयोग गरी वरिष्ठ नेता पौडेललाई गरेको दुव्र्यवहारमा के गर्ने भन्ने रणनीति तय हुने जानकारी दिए ।

व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाई निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो । दुई वर्षअघि नै निर्माण सकिएको सो पुल विवादकै बीच पौडेलले हिजो उद्घाटन गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति