नेकपा फुट्नका लागि बनेको पार्टी होइन, हामी फुट्न दिदैनौँः मुख्यमन्त्री राई

इलाम, १८ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने, “हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।” उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने,“अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति