च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा लिभरपुल प्रवेश


काठमाडौं – प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति समूह डीको खेलमा लिभरपुलले डच क्लब अजाक्सलाई १–० ले हराउँदै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

खेलको ५८ औं मिनेटमा कुर्टिस जोन्सले लिभरपुलका लागि विजयी गोल गरे । निको विलियमको पासलाई सदुपयोग गर्दै जोन्सले गोल गरेका थिए । च्याम्पियन्स लिगमा उनको लिभरपुलका लागि पहिलो गोल हो । अर्को खेलमा सिरि ए क्लब एटलान्टाले एफसी मिडजिलेन्डसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो ।

पाहुना टोली मिडजिलेन्डले खेलको १३ औं मिनेटमा अलेक्जेन्डर शोलजको गोलमा अग्रता लिएको थियो । खेलको अन्तिम समयमा घरेलु टोलीका क्रिस्टियन रोमेरोले बराबरी गोल गर्दै अंक खोसेका थिए । समूह डीमा शीर्ष स्थानको लिभरपुलको १२ अंक रह्यो । दोस्रो स्थानको एटलान्टाको ८ अंक र तेस्रो स्थानको अजाक्सको ७ अंक छ । मिडजिलेन्ड १ अंक सहित तालिकाको पुछारमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति