नुवाकोटमा हेलिकप्टर चरासँग ठोक्किएपछि आकस्मिक अवतरण

काठमडौं, १४ मंसिर । बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर नुवाकोटमा चरासँग ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।

कैलाश एयरको हेलिकप्टर चारसँग ठोक्किएपछि पाईलटले आकस्मिक अवतरण गराएर ठूलो दुर्घटनाबाट बचाएको हो । प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाका अनुसार हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको छ ।

उक्त कैलाश एयरको हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । सो हेलिकप्टरका यात्रुलाई लिन अर्को हेलिकप्टर पठाईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति